Mato-ko-Dhisko
फाइल तस्वीर

जाजरकोट, २४ असार । जाजरकोटको भगवती गाविस,२ का ४८ वर्षीय मोहन विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

भगवती गाविसमा झुलुङ्गे पुल बनाउने क्रममा बालुवा ल्याउन खोलामा गएको बेला बालुको ढिस्कोले पुरिँदा उनी घाइते भएका थिए ।

घाइते विकलाई थप उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा आज बिहान बाटोमानै मृत्यु भएको प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो ।