दाङ २४असार दाङमा गोरखा इन्टरनेशनल ग्रूपद्धरा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक उच्च माध्यामिक विद्यालय घोराहि पनि देशभरका उत्कृष्ट १७ उच्चमावि मध्य वाट सम्मानित भएकोे छ । फोकस नेपालले देशभरका उच्चमावि मध्य उत्कृष्टमा परेका उच्चमाध्यामिक विद्यालयहरुलाई उत्कृष्टताको सम्मान गर्ने क्रममा गोरखा उच्च माध्यामिक विद्यालय घोराहिलाइ पनि सम्मान गरेको हो ।
विद्यालयका संस्थापक अध्यक्ष मानवहादुर वुढामगरलाइ एक समारोहवीच काठमाण्डौमा उपप्रधान एवं वालवालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले सम्मान हस्तान्तरण गरेका हुन ।फोकस नेपालले वर्षेनी देशभरका उत्कृष्ट उच्चमाध्यामिक विद्यालयहरुलाइ शिक्षा सेवा सम्मान गर्दैआएको छ । निजि क्षेत्रवाट दाङमा ०६१साल देखि दशजोड २को पढाई सञ्चालन गरेको गोरखा उच्चमावि घोराहिले यो भन्दा अगाडि पनि विभिन्न शिक्षा मन्त्रालय देखि विभिन्न संघ संस्थावाट समेत सम्मानित भैसकेको विद्यालयका शिक्षक दुर्गा केसीले वताए ।
शिक्षा क्षेत्रमा विशिष्ठ योगदान पुराएको भन्दै गोरखा स्कुल घोराहिलाइ शिक्षा सेवा सम्मान २०७३ वाट सम्मान गरिएको होे ।गोरखा स्कुलले गतवर्ष पनि यो सम्मान प्राप्त गरेको थियो । विद्यार्थी संख्या शैक्षिक गुणस्तर र उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाई फोकस नेपालले यो सम्मान प्रदान गर्दै आएको छ । गोर्खा ग्रुपले ०६८साल देखि गोर्खाउच्च मावि को नाम वाट तुलसीपुर वरुवागाउमा पनि उच्चमावि सञ्चालन गरी विज्ञान र व्यवस्थापन संकायमा पढाई सञ्चालन गरेको छ ।
