गोविन्द खड्का
घोराही, २४ असार । पहिलो पटक कालिका सामुदायिक बन उपभोक्ता समिति घोराही ६ ले मलेसियन साल, अष्ट्रेलियन बबुल रोपेको छ । नया जातका विरुवा रोपेर थप लाभ लिन खोजेको समितिले जनाएको छ । साल जातको रुख रहेको कालिका समुदायिक वनमा मलेसियन साल रोपिएको हो । परम्परा देखि साल हुदै आएको क्षेत्रमा जिल्ला वन कार्यालय दाङले अनुदान दिएपछि नया साल रोपिएको हो ।

100_4001सो समितिले यसपटक अष्ट्रिलियन बबुल जातको तिन सय विरुवा रोपेको छ । उपभोक्तालाई परिचालन गरेर विभिन्न जातका १९ सय विरुवा रोप्न लागिएकोे समितिका सचिव दिनेश वलीले जानकारी दिनुभयो । अघिल्ला बर्ष देखि अरु विरुवा रोपेपनि नया जातका पहिलो पटक रोपिएको छ । बन क्षेत्रका खाली भुभागमा हरेक बर्ष विरुवा रोपेर हरियाली बनाउने बताएको छ । खमारी, चिउरी, खयर लगाएतका जातका विरुहरु पनि रोपिएको छ ।

हरेक उपभोक्ताले चार वटा विरुवा रोप्ने नियम बनाएको छ । त्यस बन समिति अन्तर्गत चार सय १८ उपभोक्ता छन् । उनिहरु ६ वटा टोलविकास क्षेत्र बनाएर बसेका छन् । हुलमुल हुने, हाजीर गर्न नसकिने भएकाले फरक फरक समयको पालो लगाएको सचिव वलीले जानकारी दिनुभयो । त्यस अनुसार बुधवार विहान खरकट्टि र गाउ“बेशी टोलका उपभोक्ताले विरुवा रोपेका थिए । दिउसो गिठेपानी र दिदि वहिनी टोल क्षेत्रका उपभोक्ताले बिरुवा रोपे ।

यसैगरी बाकि रहेका मिलि जुली र भयार थान टोल विकास संस्थाका उपभोक्ताले बिहिवार विरुवा रोपेका छन् । त्यस क्रममा मलेसियन साल, खमारी, चिउरी र खयर लगाएत जातका विरुवा रोपिने छ । जिल्ला वन कार्याल वाट ल्याईएको सदस्य बलबहादुर खत्रीले जानकारी दिनुभयो । समितिका पदाधिकारीले बन बाट बिरुवा ल्याएका थिए । अघिल्लो बर्ष देखि समितिले नियमित बृक्षा रोपन गर्दै आएको छ । बन क्षेत्रका सबै खाली ठाउमा बिरुवा रोप्ने र एक सासेको झाडि उखेल्ने अभियानलाई निरन्तरता दिने अध्यक्ष सम्झना घर्तिले जानकारी दिनुभयो । उहाका अनुसार सबै उपभोक्ता परीचालन गरेर बनलाई व्यवस्थित गरीने छ ।