इन्द्रेणी संवाददाता 

ग्रेडिङले विज्ञान र व्यवस्थापनमा चाप काठमाडौं २४ असारर सरकारले यस वर्ष प्रकाशित गरेको ग्रेडिङ प्रणालीको एसएलसी नतिजाले अधिकांश विद्यार्थी विज्ञान र व्यवस्थापन पढ्न इच्छुक देखिँदा क्याम्पसहरुलाई चाप थेग्न समस्या हुने गरेको छ । यो बर्षको ग्रेडिङ प्रणालीको एसएलसी नतिजाले ४ लाखभन्दा बढी विद्यार्थी कक्षा ११ पढ्न योग्य ठहरिएका छन् ।

Nepali college girlsदेशभरि कुल ३ हजार ६ सय ६९ प्लसटु सञ्चालित छन्, ४ लाख विद्यार्थी प्रत्येकलाई बाँड्दा पनि एउटा प्लसटुमा एक सय हाराहारी पुग्छन् । तर, उपत्यकाका २० राम्रा प्लसटुले सयौं गुना बढी विद्यार्थी भर्ना गरिसकेका छन् । अन्य प्लसटु विद्यार्थी तान्न होडबाजी गरिरहेका छन् । सस्तो शुल्क लिने आश्वासन दिएर विद्यार्थी तान्ने प्रतिस्पर्धा कायम छ । त्यस्ता प्लसटुमा राज्यले समयमै अनुगमन गरी गुणस्तर व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो शैक्षिक दुर्घटना निम्तिने शिक्षा बिदहरुको चेतावनी पनि छ ।