इन्द्रेणी संवाददाता
सल्यान, २४ असार
पहिरोमा आफन्त गुमाएका प्युठान रजवारा ३ नेटाका बालबालिकाको सहयोगका लागि रकम संकलन गर्न थालिएको छ ।balbalika

केहि दिन पहिले पहिरोले घर वगाँउदा वुवा, आमा र घरका सदस्य गुमाएका ति वालवालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले ठकुरी सहयोग सञ्जाल सल्यानले रकम संकलन अभियान थालेको छ ।

सञ्जालका महासचिब प्रकाश बाबू चन्दले अहिलेसम्म ३ हजार ८ सय १६ रुपैया संकलन भएको र अरु रकम पनि संकलन गरेर वालवाललिकाको गाँउमै पुगेर सहयोग हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

पहिरोमा बुवा–आमा सहित तीन दिदीबहिनी गुमाएर विचल्लीमा परेका चार वालवालिका छिमेकीको सहारामा बस्दै आएका छन । विचल्लमिा परेको उनीहरुको शिक्षादिक्षामा सहयोग गर्ने सोँचका साथ सहयोग रकम थालिएको हो । १४ वर्षिय वसन्त, १३ वर्षिय धनबहादुर, ९ वर्षिय सरस्वती र ८ वर्षिय कृष्ण अहिले छिमेकीकोमा सहारा लिएर बसिरहेका छन् ।।