kp-prachandकाठमाडौं–सत्तारुढ दल माओवादी केन्द्रले राष्ट्रिय राजनीतिक सहमति वा सहमतिको सरकार जरुरी रहेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टीले पहकदमी लिने निर्णय गरेको छ । कोटोश्वरस्थित पार्टी मुख्यालायमा बिहीबार सम्पन्न पोलिटब्युरो बैठकले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार वा सहमतिय सरकार बनाउने निर्णय गरेको हो ।

एमालेसित विगतमा भएका सरकारसम्बन्धी सहमति र समझदारी कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ । केन्द्रले सहमतीय सरकार गठनमा पहल गर्ने निर्णयलगत्तै तीन प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगातयका तीन दलका नेताबीच बिहीबार साँझ बालुवाटारमा छलफल भएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।