इन्द्रेणी संवाददाता
दाङ, २४ असार
तीन दिने आधारभुत बाल भित्ते पत्रिका प्रकाशन तालिमको सौडियारमा समापन गरिएको छ । पत्रकार महासंघ दाङको आयोजना तथा जिल्ला विकास समितिको सहयोगमा सञ्चालित तालिमको समापन गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदीप शर्माले खोज अनुसन्धानको विषय नै पत्रकारिता भएको वताउनुभयो ।jnk

शर्माले संचार र पत्रकारिताका बारेमा वुझ्न तालिमले सहयोग गरेको बताउदै पत्रकारिता ज्ञानको श्रोत भएको उल्लेख गर्नुभयो । महासंघका मध्यपश्चिम सह संयोजक समेत रहनु भएका प्रमुख शर्माले पत्रकारले सामाजिक जिम्मेवारी बहन गर्नुपर्ने उल्लेख गर्नुभयो । निकट दिनमै गाविस बालमैत्री गाविस घोषणा हुने चरणमा रहेको बताउँदै त्यसका लागि सबै वाल वालिकाले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै विशिष्ट अतिथी गाविसका सचिव टेकबहादुर खड्काले बालमैत्री गाविस घोषणका लागि यो तालिम निकै फलदायी भएको उल्लेख गर्नुभयो । खड्काले बालमैत्री गाविसका लागि सम्पुर्ण तयारी पुरा भएको बताउँदै पत्रकारले त्यसमा सहयोग पुर्याउन आग्रह गर्नुभयो । समापन कार्यक्रममा बोल्दै सौडियार गाविस बाल सञ्जालका अध्यक्ष रोषनी घर्तिमगरले तीन दिने पत्रकारिता तालिमले बाल बालिकाको अधिकार स्थापित गर्नका लागि सहयोग गर्ने बताउनुभयो ।

तालिममा सौडियार गाविसका २५ जना बाल कल्वका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो । तालिमको प्रशिक्षकमा पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदीप शर्मा, बालमैत्री सहजकर्ता जे.एन. सागर, विमल योगी लगायत रहनु भएको थियो ।।