इन्द्रेणी संवाददाता
दाङ, २४ असार
देउखुरीमा पाँच हजार हेक्टर बढी जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्यले निर्माण थालिएको बड्कापथ सिंचाई नहरको मुहान परिवर्तन गरिएको भन्दै किसानहरु आन्दोलित वनेका छन । गोबरडिहा, गंगापरस्पुर र गढवा गाविसका किसानको खेतवारीमा सिचाँइ पु¥याउने उद्देश्यसहित करीव दुई अर्बको लागतमा सिचाँइ नहर निर्माण भइरहेको छ । kulo

निर्माणाधीन बड्कापथ सिंचाई नहरको मुहान परिवर्तन गर्दा हजारौं हेक्टर जमिन सिंचाईबाट बञ्चित हुने देखिएको छ । पहिलेको सर्वेनक्सा परिर्वतन गरी मुहान निर्माण गरिदा दउखुरीको गोबरडिहा गाविस १ मलमला, २ बनघुस्री, बनबारी, बडहरा, पत्रिङ्गा, जेठानगाउँ र पचाहागाउँसम्मका हजारौं हेक्टर जमिनमा सिंचाई सुविधा नपुग्ने निश्चित प्रायः भएपछि किसानहरु चिन्तित वनेका छन ।

किसानहरुले अर्घाखाँचीको जलुके गाविस–६ सापमाराको पूर्वमा मुहान निर्माण गरी सापमारा गाउँको दक्षिणबाट नहर बनाउने पुरानो सर्वे नक्सालाई परिवर्तन गरेको आरोप लगाएका छन । मुहान परिवर्तन भएको मन्दै किसानहरुले १९ सदस्यीय सिंचाई कुलो उपलब्ध गराऊ संघर्ष समिति समेत गठन गरी विरोधमा उत्रिएका छन ।

समितिका संयोजक नमराज शर्माले आफूहरुले मुहान संरचना परिवर्तन भइरहेको थाहा पाएपछि आयोजनाका इञ्जिनियर र उपभोक्ता समितिका अध्यक्ष सहजराम यादवलाई सच्याउन आग्रह गरेको तर कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको वताउनुभयो । साथै मुहान परिवर्तनले वर्षाको समयमा भालुबाङ तर्फको  घनागाउँ र  इप्रका भालुबाङको  अत्याधुनिक भवनमा समे त क्षति पुग्ने  देखिएको छ ।।