काठमाडौं, २६ असोज । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङसहित चिनियाँ टोली र नेपाली टोलीबीच आज उच्चस्तरीय वाता हुँदैछ ।
वार्ताको नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने छ भने चीनको तर्फबाट राष्ट्रपति सीले गरेका छन् । द्विदेशीय उच्चस्तरीय वार्तामा नेपालले विगतमा झैँ एक चीन नीतिमा प्रतिबद्धता जनाउनेछ । नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने तथा नेपाल चीन सीमामा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने वचनबद्धता नेपालले जनाउनेछ ।
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीका विषयमा थप छलफल हुने बतायएको छ । वार्तापछि सी आजै चीन प्रस्तान गर्ने कार्यक्रम छ ।











