इन्द्रेणी संवाददाता
दाङ, ९ असोज । दाङमा प्रहरीले ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही १५ प्रकृति टोल वस्ने २१ वर्षका सुरेश घर्र्ती मगर, सोही निवासी १६ वर्षका संगीत वस्नेत, दिपशिखा मनकामना टोल वस्ने २३ वर्षका वलदेव वली, लेटारका २७ वर्षका नरेन्द्र रसाइली रहेका छन् ।

IMG_1671त्यस्तै हापुर वस्ने १७ वर्षका सरोज पुरी, रतनपुर मनकामना टोलका १९ वर्षका गौरव न्यौपाने । तुलसीपुर १० हाल जिल्ला प्रहरी कार्यालय रोड वस्ने २४ वर्षका शंकर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाका आधारमा २३ थान ब्राउन सुगरका प्लाष्टिक पोका अर्थात ४ ग्राम ९० मिलिग्राम र नगद ६१ हजार ८ सय १५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । असोज ७ गते पक्राउ गरिएको उनीहरुलाई असोज ८ गते जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।