काठमाडौं, ८ असोज । नेपाल र चीनका सत्तारुढ कम्युनिस्ट पार्टीले आपसी सहकार्य गर्ने ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तक्र्रियात्मक गोष्ठीमा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

nekapa-chiniya

यस्तो छ ६ बुँदे समझदारी

  •  उच्चस्तरीय भ्रमण
  •  कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
  •  पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान
  •  युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान
  •  जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
  •  विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन