दाङ, ७ असोज । । घोराहीमा डेंगु नियन्त्रण गर्न बिरामीको निःशुल्क रगत परिक्षण शिविर सुरु गरिएको छ ।

DSC_0781घोराही उप–महानगरपालिका वडा नं.१४ ले डेंगुको संक्रमण बढ्न थालेपछि बिरामीको निशुल्क रगत परिक्षण सुरु गरिएको हो । घोराही उप–महानगरपालिका वडा नं. १४ र नयाँ बजार शहरी स्वास्थ्य केन्द्रको आयोजनमा शिविर संचालन गरेको हो ।

शिविरमा घोराही उप–महानगरपालिका वडा १३,१४,१५,१६ र १८ का बिरामीको सहभागिता रहेको वडा अध्यक्ष शक्तिराम डाँगीले बताए । सात दिन सम्म चल्ले शिविरमा डेंगु लागेर विरामी परेका अतिविपन्नको निशुल्क उपचार हुने अध्यक्ष डाँगीले जानकारी दिए ।

शिविरको पहिलो दिन ३० जनाको रगत परीक्षण गरिएको थियो । शिविरको पाँच नं.प्रदेशसभा सदस्य दामा शर्माले उद्घाटन गरेकी हुन् ।