दाङ, २ असोज । दाङमा पनि डेंगुको प्रकाप फैलिएपछि घोराही उपमहानगरपालिका वडा नं. १४ मा डेंगुको निःशुल्क रक्त परिक्षण गरिने भएको छ ।

denguघोराही. १४ स्थित नयाँ बजार शहरी स्वास्थ्य केन्द्रले निःशुल्क रक्त परिक्षण गरिने छ । वडा नं. १४ मा बसोवास गर्ने वडाबासीका लागि निःशुल्क रक्त परिक्षणको व्यवस्था मिलाएको वडा अध्यक्ष शक्तिराम डाँगीले बताए । यही असोज ६ गतेदेखि निःशुल्क रक्त परिक्षण शिविर संचालन गरिने अध्यक्ष डाँगीले जानकारी दिए ।