तुलसीपुर, २ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित सिद्धेश्वरी महिला वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनं शुष्मा शाह चयन भएकी छन् । आज सम्पन्न चौधौ साधारणसभा एवं छैठौ अधिवेशनले पुनः शाहकै अध्यक्षतामा नयाँं कार्यसमिति चयन भएको हो ।

2नयाँसमितिको उपाध्यक्षमा सिता चौधरी, सचिवमा रमा अधिकारी, कोषाध्यक्षमा निर्मला महतरा र सदस्यमा उर्मिला आचार्य, सुसिला भण्डारी, सुसिला डांगी, बुधनी चौधरी, ममता न्यौपाने र खिमा खड्का रहेका छन् ।

त्यसैगरी सावित्रा ढकालको संयोजकत्वमा गठित लेखा उपसमितिमा विष्णी चौधरी र विमला केसी चयन भएकी छन् । देविका सोनामको संयोजकत्वमा गठित शिक्षा उपसमितिको सदस्यमा कमला केसी र भिमा विष्ट रहेकी छन् । त्यस्तै ऋण उपसमितिको संयोजकमा सिता चौधरी भएकी छन् भने सदस्यमा कौशिला वली र रमा केसी रहेका छन् ।