काठमाडौँ, २ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको कार्यसम्पादन सम्झौता अनुसारको कामका लागि असोज मसान्तभित्र बोलपत्रका सम्पूर्ण काम सम्पन्न गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।

gokulprasad_baskotaमन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६ ७७ का कार्यक्रमहरूको द्वैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

बोलपत्रको काम सम्पन्न हुन नसकेका परियोजनाहरू मङ्सिरबाट कार्यान्वयनमा नै नआउने भन्दै बोलपत्रको टुङ्गो लाग्न नसकेका परियोजनाहरूको बजेट माघदेखि थुतेर लिने र अन्य शीर्षकमा रकमान्तर गरिने चेतावनीसमेत वासकोटाले बताए ।