दाङ, २६ भदौ । केही दिन अघि मात्रै जिल्लामा १५ जना डेंगुका विरामी भएकोमा अहिले दाङमा डेंगु संक्रिमितको संख्या २२ पुगेको छ ।
पछिल्लो समय विभिन्न जिल्लासहित फैलिएको डेंगुको संक्रमणबाट बुधबारसम्ममा बिरामीहरुको संख्या वढेर २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । जसअनुसार तुलसीपुरमा १२, घोराहीमा ७ बबईमा २ र अन्य स्थानमा १ जना गरी २२ जना डेंगु संक्रमित भेटिएका छन् ।











