कालिकोट, १० भदौ । कालीकोटको तिलागुफा नगरपालिकामा अविरल वर्षासँगै पहिरो खस्दा दुई घर पुरिएका छन् भने २५ घर उच्च जोखिममा छन् । सोमबार राती परेको वर्षाले २ घर पूर्ण रुपमा पुरीएका छन् भने २५ घर पहिरोको उच्च जोखिममा छन् ।
तिलागुफा नगरपालिकाको वडा नं।. ६, ७ र ८ का तीन वटा बस्तीहरु पहिरोको जोखिममा परेका छन् । पहिरोका कारण छाप्रे, डाँढको बस्ती बिस्थापित भएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।











