चितवन, ९ भदौ। नुवाकोटका शालिकराम पुडासैनी आत्महत्यालाई दुरुत्सान गरेको आरोपमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन् ।
आज भएको बयान र थुनछेक वहसपछि जिल्ला अदालत चितवनले लामिछानेसहित पक्राउ परेका तीनै जनालाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटी र तारेखमा रिहा गर्न आदेश दिएको हो ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।











