दाङ, ९ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा मकवानपुर उद्योग वाणिज्य संघ एवम गढीगाउँपालिका पदाधिकारीहरु विच परिचयात्मक कार्यक्रम गरिएको छ ।
जिल्लाको अध्ययन भ्रमणमा आएको टोली संग व्यवसायिक विकास तथा पर्यटकीय विकासका वारेमा समेत छलफल गरिएको थियो । कार्यक्रममा वोल्दै गढीगाऊपालिकाका अध्यक्ष विदुर हुमागाइले स्थानीय सरकार निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि वढने बताए । स्थानीय सरकार र निजी क्षेत्र मिलेर अगाडि वढेमा विकासमा सहजता हुने उनको भनाइ छ ।
कृषि र पर्यटन क्षेत्रको विकास गरि विदेशीने युवालार्इ यही रोजगार प्रदान गर्ने लाग्नु पर्ने बताए । यसका लागि आफुले आफनो तर्फबाट कार्य गरेको समेत बताए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटवालले निजी क्षेत्र र सरकारी क्षेत्र विच सहकार्य गरेर विकास गर्ने सकिने बताए ।











