इन्द्रेणी संवाददाता
दाङ, ९ भदौ । दाङको घोराहीमा रहेको एक दाना सप्लायर्समा आगलागी भएको छ ।

agalagiघोराही १५ ट्राफिक चोकमा रहेको दिपक आचार्यको दाना सप्लायर्समा आइतवार राति विद्युत सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट सल्पायर्समा रहेको कुखुराको औषधि, दाना जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।