इन्द्रेणी संवाददाता
दाङ, ८ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनदेखि आन्दोलन गर्दै राजीनामा दिएका दश जना डाक्टरको राजीनामा स्वीकृत भएको छ ।

rapti swasthya bigyanउनीहरुले प्रतिष्ठान प्रशासनलाई ८ बुँद्दे माग राख्दै कि माग पुरा गर्न अथवा राजीनामा स्वीकृत गर्नका लागि २४ घण्टे अल्टिमेटम दिएका थिए । सोही क्रममा प्रतिष्ठान प्रशासनले दश जना डाक्टरको राजीनामा स्वीकृत गरेको हो ।

आन्दोलनरत डाक्टरहरुले अस्पतालमा विरामी चेकजाँच नगर्दा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले आइतवार आफै विरामी जाँच गरेकी थिएन् ।

डाक्टरहरुले आफूहरुमाथि दमन भएको भन्दै २२ जना डाक्टरहरुले राजीनामा दिएका थिए । सो मध्ये केही काममा फर्किसकेको र दश जनाको राजीनामा स्वीकृत गरिएको प्रतिष्ठानले जनाएको छ ।