इन्द्रेणी संवाददाता
दाङ, ६ भदौ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २५ जना डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन् ।
प्रतिष्ठानका उपकुलपति संगीता भण्डारी र रजिष्टार रामप्रसाद प्याकुरेलको ज्याजतिका कारण आफूहरुले राजीनामा दिएको डाक्टरहरुले बताएका छन् ।
आफूहरुलाई पटक पटक विभिन्न अनुचित वहानामा स्पष्टीकरण लिने, बर्खास्त गर्ने धम्की दिने लगायका कार्यकरहरु भएको डाक्टरहरुले आरोप लगाएका छन् ।














