इन्द्रेणी संवाददाता
दाङ, ५ भदौ । चक्कु प्रहारबाट दाङमा आज एक जना गम्भीर घाइते भएका छन् । बबई गाउँपालिका ४ हापुरे बजारस्थित हस्नापुर वस्ने चन्द्रबहादुर विकलाई सोही वस्ने १७ वर्षका कमल वलीले चक्कु प्रहार गरी घाइते बनाएका हुन् ।

chakku-praharव्यक्तिगत रिसीविका कारण वलीले विकमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो करीव साढे १२ बजेतिर विकमाथि चक्कु प्रहार भएको र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट विकको टाउको र वायाँ कोखामा गम्भीर चोट लागेको छ । चक्कु हान्ने वलीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।