केशरमान बुढाथोकी
गाडी निर्माण क्षेत्रमा पुरानो र सफल मानिदै आएको हुन्डाई कम्पनीको भेन्यु गाडी दाङमा सार्वजनिक गरिएको छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बहुप्रतिक्षित गाडी भेन्यु एक समारोहका बीच सार्वजनिक गरेको हो । हुन्डाई भेन्यु तीन भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने कम्पनीका म्यानेजर बिष्णु केसीले जानकारी दिए ।

गाडी १.२ लिटर पेट्रोल इन्जिन कपमा डुअल भिटिभिटी टेक्नोलोजीको ८३ पीआर र६००० आरपीएमको सर्वा्धिक पावर १।४ लिटर डिजल इन्जिन हुने प्रालीले जानकारी दिएको छ ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाई भेन्युले बजारमा आफ्नो दह्रो उपस्थिति जनाउने निश्चित भएको बताउदै म्यानेजर केसीले यो गाडी लाई दाङमा पनि सर्वा्धिक रुचाइने बिश्वास ब्यक्त गरे ।

यो गाडी स्मार्ट तथा आकर्षक क्रोम युक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सुसज्जित भएकाले पनि यो गाडी आम उपभोक्ताले रुचाउने बिश्वास कम्पनीको भएको म्यानेजर केसीको भनाइ थियो ।

गाडीमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको पनि छ भने यसले उत्कृष्ट तथा आरामदायी यात्राका लागि बिश्वाशिलो हुने छ ।
सुन्दर तथा आकर्षक मोडेलको उक्त गाडी कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले नेपाल भर रु ३४९६००० मा उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।