घोराही, ४ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले २६ औँ स्थापना दिवश मंगलवार मनाएको छ । केन्द्रले घोराहीमा रक्तदान गरेर दिवश मनाएको हो ।

69309177_2358184371064467_8246929368346001408_nकेन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गरेका थिए ।

सधै सामाजिक कार्यमा अग्रसर हुने केन्द्रले रक्तदान गरेर स्थापना दिवश मनाउनु प्रेरणाको विषय भएको उनीहरूको भनाइ थियो । कार्यक्रममा रक्तदान र यसका फाईदाबारेमा ब्लड बैंक घोराहीका ईञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिनुभएको थियो ।

केन्द्रका संस्थापक कोषाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण केन्द्रका वरिष्ठ प्रवन्धक लोकाणी रेग्मीले गरेका थिए ।
त्यस अवसरमा २१ जनाले रक्तादा गरेका थिए ।