दाङ, ४ भदौ । काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको रात्रीवस दाङ सिसहनियाँमा दुर्घटना भएको छ । रुकुमका लागि छुटेको बा ४ ख १०३२ नम्बरको बस दुर्घटनामा तीन जना घाइते भएका छन् ।

accdentपूर्व-पश्चिम राजमार्ग अन्तरगत लमही भालुबाङ्ग सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ । घाइते हुनेहरुमा रुकुम सानीभेरी गाउँपालिकाका खुम्बहादुर वली, त्रिवेणी गाउँपालिकाकी विना वाँठामगर र सोही गाउँपालिकाकी माया पुन रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेको उपचार सिसहनिया स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको समेत प्रहरीले जनाएको छ ।