इन्द्रेणी संवाददाता
साउन ३२, दाङ । दाङको तुलसीपुर बजार आज देखि शनिवार पनि खुल्ने भएको छ । नजिकिदै गरेका हरितालिका तीज, दशै, तिहार छट पर्वलगायतका चाड पर्वलाई मध्यनजर गर्दै शनिवार पनि बजार खुल्ने भएको हो ।
अन्य समयमा शनिवारका दिन बजार बन्द गर्दै आएको तुलसीपुर उद्योग वाणिज्य संघले आउदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै छटपर्वसम्म शनिवार पनि आफ्नो व्यापार व्यवसाय खुल्ला राख्न सबै व्यवसायीलाई अनुरोध गरेको छ ।
शुक्रवारको नियमिति बैठकले छट पर्वसम्म शनिवार पनि बजार खोल्न दिने निर्णय गरेको संघका अध्यक्ष विरबहादुर रावतले जानकारी दिए ।











