इन्द्रेणी संवाददाता
दाङ , ३२ साउन । दाङको लमहीस्थित एक फर्निचर उद्योगएकमा आगलागी हुँदा करीव ६० लाखको क्षति भभएको छ । लमही नगरपालिका रवि फर्निचर उद्योगमा आगो लाग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
गएराति करीव १ बजेको समयमा विद्युत सटभएर कागलागी भएको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी प्रशासनको सहयोगमा राति ३ बजेमात्रै नियन्त्रणमा आएको थियो ।











