इन्द्रेणी संवाददाता
दाङ , २४ चैत्र ।
लायन्स क्लब अफ दाङको अध्यक्षमा तुलसीपुरका युवा ब्यवसायी राजेन्द्र श्रेष्ठ
निर्वाचित हुनु भएको छ । लायन वर्ष २०१६ – ०१७ का लागी श्रेष्ठ अध्यक्षमा
निर्वाचित हुनु भएको हो ।
बुधबार तुलसीपुरमा सम्पन्न भएको लायन्सहरुको
भेलाले श्रेष्ठ सहित सम्पुर्ण कार्यसमिति सर्व सम्वत रुपमा चयन गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा जनक प्रसाद खराल , द्धितिय उपाध्यक्षमा उमेश चन्द्र
मजगैया , तृतिय उपाध्यक्षमा हरि केसी , निर्वाचित हुनु भएको छ । त्यस्तै
महासचिवमा यज्ञ बहादुर केसी , कोषाध्यक्षमा हेमन्त डागि र सहसचिवमा शुरेस
हमाल निर्वाचित हुनु भएको छ ।
क्लवका निर्वतमान अध्यक्ष टेकन प्रसाद कडेलको
अध्यक्षता एव लायन्स क्लव डिस्ट्रीक ३ सय २५ वि टु नेपालका केन्द्रीय सल्लाहकार
बिनोद कुमार श्रेष्ठको प्रमुख आतित्थयतामा भएको कार्यक्रममा पुर्व अध्यक्षहरु
बिमल रिजाल , मान बहादुर डागि , रवि राना लगाएतले लायन्स क्लब अफ दाङले
अझै ग्रामिण क्षेत्रको स्वास्थ्य क्षेत्रको बिकासको लागि अगाडि वढन सुझाव
दिनु भएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठले
आफनो कार्यकालमा आफुले बिभिन्न कार्यक्रम गर्ने बताउनु भयो ।
श्रेष्ठले स्वास्थ्य शिविर तथा आखा शिविरको आयाजना गरि ग्रामिण क्षेत्रका जनताको सेवा
गर्ने बताउनु भयो । तुलसीपुरमा एक दश अघि स्थापना भएको लायन्स क्लब अफ
दाङले स्वास्थ्यको क्षेत्रमा ग्रामिण तह सम्म निशुल्क आखा तथा स्वास्थ्य शिविर
संचालन गर्दै आई रहेको छ । नवनिर्वाचित समितिको कार्यकाल एक वर्षको
हुने छ ।
