सन्तोषकुमार गुप्ता
भालुवाङ्ग २४ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देउखुरीको भालुवाङ्ग नगर विकास समितिको सम्पूर्ण कागज पत्र आफ्नो नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । नगर विकास समितीमा व्यापक अनिमियता भएको उजुरीको अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरले चैत १५ गते सोमबार कार्यालयमा छापामारी असुन्धानका लागि भन्दै सम्पूर्ण कागज पत्र नियन्त्रणमा लिएको हो ।

valubang

आयोगको टोलीले नगर विकास समितीको सम्पूर्ण कागजपत्र, निर्णयपुस्तिका, नगदी रसिद, बिल, ३०५ को रसिदका ठेलीहरु सहित सम्पूर्ण कागजपत्रहरु अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको नगर विकास समितीले जनाएको छ । भालुवाङ्गका स्थानियबासीहरुबाटै नगर विकास समितीका अध्यक्ष र कर्मचारीहरुको मिलोमतोमा केही बर्ष देखि अबैध रुपमा रातारात ३०५ को रसिद बितरण गरेको उजुरी परेको कारण अनुसन्धानका लागि सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएको र अनुसन्धान कार्य जारी रहेको अख्तियार र दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिनु भयो ।

आवश्यक परे वर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, कर्मचारी, पूर्व बोर्ड सदस्य, बर्तमान बोर्ड सदस्य, स्थानिय राजनितिकदल र सर्वसाधारण जो कोही संग पनि सोधपुछ गर्न सकिने प्रहरी निरीक्षक सिंहले भन्नु भयो । अख्यितारको कार्यालयले फागुन २७ गते भालुवाङ्ग नगर विकास समितीको नाममा पत्र पठाई नगर विकास समितीको नाममा प्रस्तावित पुल्चोक बजार अन्र्तगत ३१ बिघा ६ कठ्ठा ३ धुरमा निवेदन दस्तुर बाफत रु ३०५ को रसिद बितरण सम्बन्धी प्रकिृया तथा सो सम्बन्धी कागजातका प्रमाणित प्रतिलिपीहरु, के—कस्ता आधार तथा सर्तहरुमा ३०५ को रसिद बितरण गरिन्छ ? रसिद बितरण एवम् ३१ बिघा ६ कठ्ठा ३ धुर सम्बन्धी बोर्ड बैठकका निर्णयका प्रमाणित प्रतिलिपीहरु र हाल सम्म कति जनालाई रसिद बितरण भएको छ ।

रसिद प्राप्त गर्ने सम्पूर्ण व्यक्तिहरुको नाम नामेसी बिबरण तथा बितरणको मिति समेत बिबरण उल्लेख गरी कागजात र नगर विकास समितीको अस्थाई नक्सा समेत अख्यितारको कार्यालयले पत्र प्राप्त भएको तीन दिन भित्र सम्पूर्ण कागजात बुझाउन समेत अनुरोध गरेको छ । अख्यितारको पत्र चैत २२ गते हुलाक मार्फत भालुवाङ्ग नगर विकास समितिको कार्यालयमा प्राप्त भएको समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकीले जानकारी दिनुभयो । नगर विकास समितीको स्थापना २०५१÷०५२ मा तत्कालिन अध्यक्ष कुलराज न्यौपानेको पालामा भएको थियो । भने २०६०÷०६० मा तत्कालिन नगर विकास समितीका अध्यक्ष अलिमोहम्मद मियाँको पालामा भालुवाङ्ग पुल्चोक बजारको अस्थाई नक्साङ्क गरी लालमटिया गाविसमा बाल बिरौटी कर तिरेका मान्छेलाई मात्र नगर विकास समितीकोृ मापदण्ड अनुसार ३०५ को रसिद बितरण गरिएको थियो ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भालुवाङ्ग नगर विकास समितीको सम्पूर्ण कागज पत्र आफ्नो नियन्त्रणमा लिए पछि भालुवाङ्गबासी चिन्तीत भएका छन् । अब लालपुर्जा पाउने आसा पनि निरासामा बलिएको उनीहरुले बताएका छन् । ३०५ को रसिद तथा नगर विकास समितकिो सिफारिसका अधारमा विद्युत, पानीको धारा र टेलिफोन जडान जस्ता महत्वपूर्ण सेवाबाट समेत बञ्चित हुनु परेको भालुवाङ्गबासीको भनाई छ ।।