चितवन, ३१ साउन । न्यूज बाट प्रशारण हुँदै आएको सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामाचितवन जिल्ला अदालतले आदेश दिएको छ ।

rabiम्याद थप गर्न प्रहरीले जिल्ला अदालत पुर्याएपछि उनीहरुलाई थप ५ दिन राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेको थियो ।