चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको तीनै जनालाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा हाजिर गराएको हो ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालतको अगाडि रविका समर्थकले प्रदर्शन गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालयको पछाडिको बाटो प्रयोग गरी अदालत पुर्याइएको थियो ।
प्रहरीले हिजो साँझ मात्रै न्यूज 24 बाट प्रशासरण हुदैआएको सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।











