इन्द्रेणी संवाददाता
दाङ, २५ साउन । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गोरक्ष राष्ट्रिय दैनिक १५ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो १५ औं वार्षिकोत्सव बनाएको छ ।
पत्रिकाले आज दाङकै वाह्रकुने दह (ताल) को ढुंगामा केक काटेर आफ्नो वार्षिकोत्सव मनाएको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश बिष्ट, उपाध्यक्ष एवं विपुल पोख्रेल लगायतको सहभागीता थियो ।











