इन्द्रेणी संवाददाता
दाङ, २५ साउन । दाङमा आज एक जनाको घरमा आगो लाग्दा करीव साढे ३ लाख बराबरको क्षति भएको छ ।

agalagiगढवा गाउँपालिका उपल्लो मधपुर बस्ने बुद्धिराम चौधरीको फुसले छाएको घर र गोठमा आगो लाग्दा क्षति भएको हो ।

आगलागीबाट घरमा रहेको अन्नपात लत्ताकपडा र गोठमा रहेका ८ वटा बाख्रा जलीलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।