दाङ, २५ साउन । “सामुदायिक वनमा नवितम सोच,उत्पादन, उद्यम र समृद्धिमा जोड” भन्ने मूल नाराका साथ आज शनिवार दाङमा बिबिध कार्यक्रम गरी चौथो सामुदायिक वन दिवस मनाइएको छ ।
डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १८ स्थित बसन्त हरियाली सामुदायिक वन क्षेत्रको खाली जग्गामा श्रीखण्ड रोपण गरेको छ भने वन महासंघले जिल्लाका सवै स्थानीय तहमा कार्यक्रम गरी सामुदायिक वन दिवस मनाएको जनाएका छन ।
डिभिजन वन कार्यालय दाङको आयोजनामा बसन्त हरियाली सामुदायिक वन क्षेत्रमा भएको कार्यक्रममा सहभागि सवैले एक एक वटा बिरुवा एकै समय रोपेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
तीन बर्ष अघी ४ हजार पाँच सय श्रीखण्ड रोपेर श्रीखण्डको प्लट गराउन थालनी गरिएको खाली क्षेत्रमा आज पनि एक सय बढी श्रीखण्डको बिरुवा रोपिएको छ । बृक्षरोपणपछि आयोजित कार्यक्रममा निजी वनमा उत्कृट काम गर्नेलाई सम्मान र पुरस्कार बितरण समेत गरिएको थियो ।











