दाङ, ११ साउन । मानव अधिकार तथा शान्तिसमाज दाङ शाखाले स्कुल स्कूलमा सचेतना अभियान सञ्चालनमा ल्याएको छ ।

2पछिल्लो समय भयावहका रुपमा देखा परेको लागु औषध दुव्र्यसन नियन्त्रण गर्न शान्तिसमाजले अभियानका रुपमा स्कुल तथा समुदायहरुमा सचेतना अभियान सञ्चालनमा ल्याएको सभापति शरद रेग्मीले बताए ।

दुव्र्यसनी मुक्त गराउन अभिभावक ,टोल, छरछिमेक,र शिक्षकहरुबाट समेत निरन्तर अनुगमन र चासो दिनुपर्ने धारणा राखे । शान्ति समाजले लागु औषध नियन्त्रण तथा सचेतना अभियान सम्बन्धी एकदिने स्कुल कार्यक्रम तुलसीपुरको हिमाल एकाडेमिमा सम्पन्न गरेको छ ।