दाङ, ११ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीलाई कर सम्वन्धी प्रशिक्षण दिएको छ । संघले सरकारले भरखरै मात्र लागु गरेको कर नीति, उद्योगी तथा व्यवसायीहरुले गर्नु पर्ने कार्य, हिसाव किताव कसरी राख्ने, व्यवसायीलाई पर्ने समस्या समाधानका उपाय लगायतका वारेमा प्रशिक्षण दिएको हो ।
प्रशिक्षण कार्यक्रममा संघ अन्र्तगतका वस्तुगत समितिका नेतृत्व एवम सदस्यहरु,उद्योगी तथा व्यवसायीहरु समेतको सहभागिता रहेको थियो । व्यवसायीहरुको माग अनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गदै आएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । आउदा दिनका पनि यस प्रकारका कार्य लाइ निरन्तरता दिइने उनको भनाइ रहेको छ ।
प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा थमन अधिकारी रहेका थिए । कार्यक्रममा सहभागिहरुले राज्यले व्यवसायीह विभिन्न वाहानामा दुःख दिने गरेको गुनासो गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को प्रमुख आतिथ्यता एवम् नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडेको विशिष्ट आतिथ्यतामा भएको थियो ।











