लमजुङ । लमजुङको दोर्दीमा बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ भने ११ बेपत्ता भएका छन् ।

badiजिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दोर्दी गाउँपालिका ४ मा पर्ने दोर्दी खोलाको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको हो ।

वाढीमा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । पाँच जना घाइते छन् ।