पोखरा, ९ साउन । घुम्ने बहानामा होटलको कोठामा बन्धन बनाएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । छात्रालाई बालात्कार गरेको आरोपमा प्रहरीले बुधवार उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडियालाई पक्राउ गरेको हो ।
विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया छात्रालाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएर बालात्कार गरेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जनाएका छन् ।
बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ। शिक्षकमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।











