गुल्मी, ७ साउन । गएराति गुल्मीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । दुई जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाका तीन घर पहिरोले पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

pairoसत्यवति गाउँपालिकाको लिम्घामा आठ जनाको र ठूलो लुम्पेकमा दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो भने एक जना पहिरोबाट बच्न भाग्ने क्रममा मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरु दुई जनाको शव निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

पहिरोमा परेर मृत्यु हुनेहरूमा ६५ वर्षीया छल्ली बिक, २८ वर्षीया कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीइ शिवानी बिकको शव बहिर निकालिएको प्रहरी जनाएको छ । त्यस्तै सोही गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको हो । पहिरोका कारण दुई सय घर जोखिममा छन् ।