काठमाडौं, ७ साउन । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा गएराति पहिरोले घर बगाउँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय सत्यवती गाउँपालिका ४ लिम्घास्थित घरमा सुतिरहेको अवस्थामा पहिरोले पुरिएर वर्ष ६५ का छविकला बिक, वर्ष २८ पम्फा बिक, वर्ष १२का अञ्जली बिक र वर्ष १०का हेमन्त बिकको मृत्यु भएको छ ।
अन्य पाँच जना वेपत्ता छन् । यसैगरी सोही गाउँपालिका–३ को सिङ्दीमा एकाघरका आमा छोराको मृत्यु भएको छ । पहिरोले घर पुरिंदा वर्ष ३२ का तीलकुमारी त्रामु र वर्ष नौका दर्शन त्रामुको मृत्यु भएको छ ।











