इन्द्रेणी संवाददाता
दाङ, ५ साउन । दाङमा जंगली च्याउ खाँदा एकै घरका तीन जना विरामी परेका छन् ।

cheuजंगलबाट ल्याएको च्याउ खाँदा घोराही उपमहानगरपालिका १७ भैसाहीका दुर्गा रेग्मी, उनका छोरा जिवराज रेग्मी र उनकै छोरी संगीता रेग्मी विरामी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विरामी तीनै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।