इन्द्रेणी संवाददाता
दाङ, ५ साउन । सरकारले व्यवसायीहरुमा लगाएका विभिन्न कर प्रणालीको विरोध गर्दै दाङका व्यवसायीहरु आन्दोलित भएका छन् ।

photo Dangसरकारले साउन १ गतेदेखि लागु हुने गरी घोषणा गरेको व्यवसायीलाई वेवमा आधारित ढुवानी साधन अनुगमन प्रणाली, आधारभुत खाद्य वस्तुमा लगाएको मूल्य अभिबृद्धि कर, अग्रीम आयकर, ज्यालादारी परिकलाई अनिवार्य स्थायी लेखा नम्बरलगायत खारेजीको माग गर्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

यसैक्रममा आइतवार विभिन्न मागहरु राख्दै जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र वुझाएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको व्यवसायीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई ज्ञापनपत्र वुझाएका थिए ।