काठमाडौँ, ५ साउन । मनसुनी वर्षा फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् ।

rainnnअसार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताए ।

“शनिबार र आइतबार हुँदै सोमबार पुग्दा मनसुनी वर्षा भारी वर्षामा परिणत हुने सम्भावना छ,” उनले भने, “मध्य र पूर्वका अधिकांश भूभागमा भारी वर्षा हुनसक्छ । ” त्यसका लागि अहिलेदेखि नै आकाशमा मनसुनी प्रणालीले पकड जमाउँदै गएको उनको भनाइ छ ।