काठमाण्डौ, २३ असार
अनुशासन उल्लंघन गरेको अभियोगमा स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष ०७२÷७३ मा ५२ जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर हुनेगरी रोल्पाका एक जनालाय पनि सेवाबाट बर्खास्त गरेको हो ।
Name-Listबर्खास्तमा पर्नेमा रोल्पा उपस्वास्थ्य चौकी सिर्पमा कार्यरत अहेव कृष्णा पुरी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै अरु वर्खास्त परेकाहरुमध्ये अधिकांश स्टाफ नर्स पेशामा आवद्ध छन् । विना जानकारी ६० दिनभन्दा लामो समय विदामा बसेपछि उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुनेगरी कारबाही गरेको उपसचिव बाबुराम गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७२ (ख) को उपदफा १ अनुसार कारबाही गरेको हो । उक्त व्यवस्था अनुसार विदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ ।।