सल्यान, २३ असार
सल्यान रीमको एक सामुदायिक वनमा ५ हजार विरुवा रोपिएको छ । रीम ५ मा रहेको खजुरे सामुदायीक वन समूहमा खण्ड नम्बर १, ४ र ५ मा विभिन्न जातका ५ हजार विरुवा रोपिएको हो ।ritha

त्यसक्षेत्रको हावापानीमा हुर्कन सक्ने रिठा, बोकाइनो, रयंच, काउलो, चिउरी लगाएतका विरुवा रोपिएको वन समुहका सचिब यज्ञ बहादुर बिकले जानारी दिनुभयो । ति विरुवा जिल्ला वनस्पति कार्यालय र जिल्ला वन कार्यालयले उपलव्ध गराएको हो ।

खालि रहेको डाँडा पाखामा पनि हराभरा गराउने उद्देश्य अनुरुप वन र वनस्पति कार्यालयको सहयोगमा विरुवा रोपेको बिकले वताउनुभयो । यसैविच, काउलो, टिमुर, चिउरि लगाएतका जडिबुटिजन्य विरुवा हुर्काएर त्यसबाट समूहले आर्थिक लाभ लिने उद्देश्य राखेको छ ।।