इन्द्रेणी संवाददाता
दाङ, २३ असार
बालविवाह न्यूनिकरणका लागी स्वयम अभिभावक नै सचेत हुनुपर्ने दाङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले निश्कर्ष निकालेका छन । वालविवाहले निम्त्याइरहका नकारात्मक असरवारे समुदाय स्तरमा र वालवालिकाहरुलाइ ज्ञान दिएपनि अव अभभिभावकहरु पनि सचेत हुनुपर्ने निश्कर्ष निकालिएको हो । download

दाङ महिला जेसीजले आज मार्क ईन्टरनेशनल कलेजमा आयोजना गरेको बाल विवाह न्यूनिकरण सम्वन्धी सचेतनामूलक कार्यक्रममा सहभागीहरुले बालविवाहको विरुद्धमा युवाहरु पनि लाग्नुपर्ने बताएका छन । बाल विवाहले समाजमा विकृति समेत निम्तिरहेको सहभागीहरुको भनाइ थियो ।

सो अवसरमा महिला जेसीजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई बालविवाह न्यूनिकरणका विषयमा प्रशिक्षण दिएको छ । ७० जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा राधा पौडेल र विणा विसीले बाल विवाह, बाल विवाह हुनुका कारण, यसले पार्ने प्रभाव लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रशिक्षक राधा पौडेलले बाल विवाहका कानुनी प्रावधान, बाल विवाहले स्वास्थ्यमा पर्ने असर लगायतका विषयमा प्रशीक्षण दिनुभएको थियो भने विणा विसीले बाल विवाहले सामाजिक, आर्थिक, शैक्षिक, पारिवारिक असर लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

दाङ महिला जेसीजका अध्यक्ष सञ्चीता गौतमको अध्यक्षता एवं क्याम्पस प्रमुख शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम  भएको हो । कार्यक्रम संयोजक सविता शर्माको स्वागतथ मन्तव्यबाट सुरु भएको कार्यक्रममा जीवा भुषाले धन्यवाद घापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण दाङ महिला जेजीजका सहसचिव पूजा योगीले गर्नुभएको थियो ।।