भुपेन्द्रप्रकाश वली
विगत १० वर्ष यता राप्ति अञ्चलका व्यवसायी अवैध करको मारमा पर्दै आएका छन । अन्य जिल्लाबाट दाङ भएर सामान ओसार — पसार गर्दा एक ठाँउमा कर तिरीसकेको भए अर्को ठाँउमा कर तिर्न नपर्ने नियम भएतापनि दाङका ठेकेदारले भन्ने नियमविपरीत दोहोरो कर असुल्दै आएका छन । स्थानिय स्वायत शासन ऐन २०५५ र नियमावली २०५६ ले यस्तो प्रकारको दोहोरो करलाई अवैध ठहर्याएको छ भने कर असुलेको पाइएमा ठेकेदार संग असुलिएको रकम फिर्ता गरिनुपर्ने कानुनी व्यवस्था गरेको छ ।
‘ नियमानुसार ठेकेदार संग दाङबाट उत्पादित वस्तुमा मात्र कर असुल्न पाउने अधिकार छ ’ रोल्पा उद्योग वाणीज्य संघका अध्यक्ष बालकृष्ण सुबेदिले भने ‘ बाहय जिल्लामा कर तिरेको रसीद देखाउदा देखाउदै पनि जबरदस्ती दाङका ठेकेदारले कर तिराउदै आएका छन ’ हाल छिमेकी जिल्ला संग सिमाना पर्ने दाङको कालाकाँटे ,राम्री ,बगाले ,ईमिलिया, र जुरेलि गरी ५ स्थानमा यस किसमको अवैध कर ठेकेदारले असुलिरहेका छन । ‘विगत १० वर्ष यता हामी व्यवसायीलाई जिविस दाङ अन्तर्गत ठेक्का पाएका ठेकेदारले ठगीरहेका छन ’ प्युठान उद्योग बाणीज्य संघका अध्यक्ष ज्ञामु न्यौपानेले भने ‘कर तिर्दिन भन्दा ठेकेदारले खटाएका गुण्डाले धम्काएर भएनि जबरदस्ती कर असुल्छन’।
अटेरि जिविस र ठेकेदार
व्यवसायीहरु बाट दोहोरो करको मारमा परेको गुनासो आएपछि स्थानिय विकास मन्त्रालय एवं क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतले जिविस दाङलाई पटक पटक दोहोरो कर असुल्ने कार्य बन्द गर्न निर्देशन समेत दिएको छ । ठेकेदारले अवैध रुपमा कर असुलिरहेको ठहर गर्दै क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतले गत फाल्गुन ६ गते जिविसलाई सो कार्यलाई तुरुन्त रोक्न निर्देशन दिएको थियो ।‘ जिविस दाङबाट इजाजत प्राप्त ठेकेदारले दाङ बाहेकका अन्य जिल्लामा सामान लैजादा कृषिजन्य वस्तु सहितका मालबाहक ट्रकबाट कृषि शुल्क भन्दै निजी ठेकेदारबाट मनोमानि शुल्क असुल गर्ने गरेको गुनासो आएकाले कानुन विपरीत असुलिदै आएको उल्लेखित दोहोरो कर तुरुन्त हटाउन निर्देशन गरिएको छ ’ कार्यालयले निर्देशन गरेको पत्रमा उल्लेख छ ।
यस्तै यसअघि पटक पटक उद्योग वाणीज्य संघ , व्यवसायी र दाङ जिविस बिच अबका दिनमा दोहोरो कर नअसुल्ने सहमति भएपनि त्यो कार्यान्वयन नभएको व्यवसायी हरुले बताएका छन । ‘गत फाल्गुनमा मात्रै राप्ति अञ्चलका सबै जिल्लाबाट हामीले मन्त्रालयमा दोहोरो कर असुली रोक्न आग्रह गर्दै पत्राचार गरेका थियौं ’ प्युठान उद्योग वाणीज्य संघका अध्यक्ष न्यौपानेले भने ‘ हाम्रो आग्रहलाई पूष्टी गर्दै मन्त्रालयले नियमविपरितको यस्तो कार्य रोक्न निर्देशन पनि दियो । तर जिविस दाङ र ठेकेदारले टेरेनन ’ दोहोरो करबाट करौडोको लुट चालु आर्थीक वर्षका लागी दाङ श्रीगाँउ निवासी भिम बहादुर बुढाथोकीले आन्तरिक कर असुलिको ठेक्का पाएका छन । उनले गत भदौमा १ करोड २७ लाख ८६ हजामार उक्त ठेक्का १ वर्षको लागि लिएका थिए । तर आन्तरिक कर असुलि देखाउने दाँतका रुपमा मात्र रहेको व्यवसायीहरु बताउछन ।
प्युठान उद्योग वाणीज्य संघका अध्यक्ष न्यौपानेले कपिलवस्तु बाट चामल ल्याएर आँउदा कालाँकाटेमा तिर्नुृ परेको दोहोरो करको रसिद देखाउदै भने ‘ एउटा नाकाबाट मात्रै दिनमा संयौ गाडि दाँगको बाटो हुँदै छिमेकि जिल्ला पूग्छन । उनिहरु संग हजारौका दरले रकम असुलिन्छ । दाङ जिविस अन्तर्गत रकम असुलिने यस्ता ५ वटा नाका छन । आफै सोच्नुस कति सम्म रकमको चलखेल होला ? विगत १० वर्षमा करिब २० करोड बराबरको चलखेल भएको व्यवसायीहरुको दाबि छ ।
ठेक्का प्रणालीमा रकमको चलखेल
१० वर्षको अवधिमा ४ जना ठेकेदारले उक्त ठेक्का पाएका छन । ०६३ साल यता श्री बुढाथोकी कन्सट्रक्सनका मालिक भिम बहादुर बुढाथोकिले मात्रैले सबैभन्दा धेरै ७ पटक उक्त ठेक्का पाएका छन । अन्य सिद्धार्थ कबाड सेन्टर , लुम्बिनी कबाड सेन्टर ,हिमालयन ट्रेड सेन्टरले एक एक चोटी मात्र उक्त ठेक्का पाएका छन । पटक पटक एउटै मान्छेलाई जिविसले ठेक्का प्रदान गर्नुले रकमका चलखेल हुने गरेको कुरा प्रष्ट हुने व्यवसायीको दाबि छ । ‘ कुनै पनि सार्वजनिक निकायको ठेक्का यसरी एकै व्यक्तिलाई पटक पटक दिइनुले रकमको चलखेल भएको प्रष्ट पार्छ ’ रोल्पा उद्योग वाणीज्य संघका अध्यक्ष सुबेदीले भने ‘ उपल्लो निकायले दिएको निर्देशन कार्यान्वयन नगरि ठेकेदारले कर असुलि रहँदा समेत जिविस लगायतका जिम्मेवार निकाय मौन बस्नुले आर्थीक चलखेल भइरहेको कुरा थप पूष्टी हुन्छ ।’
यसरी दोहोरो करको मारका कारण व्यवसायीले वस्तुमा मूल्य वृद्धि गर्ने र अन्ततः त्यसको मूल्य उपभोक्ताले चुकाउनु परेको छ ।
आँउदो वर्षमा समस्या सुल्झाउछौं -जिविस ,दाङ
छिमेकी जिल्लाहरुबाट व्यवसायीहरु बाट दोहोरो करको विषयमा गुनासो आएपछि ठेकेदारलाई आफुले पटक — पटक यसबारे सचेत गराएको स्थानिय विकास अधिकारी रमेश गौतमले बताए । आफु दाङमा कार्यरत हुन आँउदा दोहोरो करको विषय अदालत र अख्तियारमा समेत पुगीसकेको र र मद्या विचाराधिन रहेकोले आफुले केही गर्न नसेकको उनको दाबि थियो । ‘ विगत देखि नै यो विषयमा व्यवसायी र ठेकेदार बिचको विवाद आइरहेको छ । ‘मैले स्वयं ठेकेदारलाई पटक—पटक बोलाएर दोहोरो कर नलिन चेतावनि दिएको छु ’ उनले भने ‘ आँउदो आर्थीक वर्ष देखि यो समस्यालाई हटाउने प्रयास गर्नेछौं । ’