इन्द्रेणी संवाददाता
दाङ, २३ असार
दाङमा गुडिरहेको ट्रेक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत देउखुरीको लालमटिया ५ मा लु २ त ७३३ नम्वरको ट्याक्टरबाट खसेर अर्घाखाँचीको जलुके–६ निवासी ५० वर्षिय रणबहादुर बुढाको मृत्यु भएको हो ।
टेक्टरवाट खसेर गम्भिर घाइते बुढाको लुम्विनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले वताएको छ ।
चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।
