इन्द्रेणी संवाददाता
सिसहनियाँ २३ असार ।
स्थानीय शान्ति समितिका पदाधिकारी र सरोकारवालाहरु लाई शान्ति समिति र वर्तमान नयाँ संविधानका विषयमा जानकारी गराइएको छ ।featureस्थानीय शान्ति समिति सिसहनियाँको आयोजना एवम् शान्ति समिति दाङको आर्थिक सहयोगमा सचेतना तालिम मार्फत सो विषयमा जानकारी गराइएको हो ।

समितिका अध्यक्ष शान्तराज शर्माको अध्यक्षता एवम् गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिमा शान्ति समितिको काम कर्तव्य, नयाँ संविधानका द्धन्द पिडितको अवस्था र अधिकारका विषयमा जानकारी गराउनुका साथै सुझाव समेत संकलन गरिएको थियो ।

कार्यक्रममा शान्ति समितिका पदाधिकारी, राजनितिक दलका पार्टी प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा शान्ति समिति दाङका जिल्ला सदस्य खुसीराम चौधरी रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन गाविसका प्राविधिक साहायक विमला भट्टराई खनालले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।।